०१ असार २०८३, सोमबार

श्रीमान् नेकपामा प्रवेश गर्दा श्रीमती फायर, भान्जीदेखि नातिसम्म विपक्षमा

श्रीमान् नेकपामा प्रवेश गर्दा श्रीमती फायर, भान्जीदेखि नातिसम्म विपक्षमा

काठमाडौं– नेपाली कांग्रेस चितवनका पूर्व का.वा. सभापति एवम् पूर्वसांसद तिर्थराज भुसाल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा प्रवेश गरेको प्रति परिवार र आफन्तले असन्तुष्टि जनाएका छन्  । भुसाल यही माघ ५ गते नेकपामा प्रवेश गरेका थिए । 

भुसालकी श्रीमती शर्मादेवी भुसाल, भाइ शंकर भुसाल, छोरा देवराज भुसाल र विवेक भुसालसहित दिदि, भतिज, भान्जी, नातिलगायतले संयुक्त विज्ञप्ति जारी गर्दै तिर्थराजको नेकपा प्रवेशले आश्चर्यमा परेको जनाएका छन् । लामो समय कांग्रेसको राजनीति गरेका भुसाल एक्कासी नेकपामा प्रवेश गर्नुलाई उनीहरुले राजनीतिक वेइमानी भनेका छन् । 

कांग्रेसको उच्च मुल्याङ्कनलाई बिर्सिएर पार्टी परिर्वतन गर्नु निस्ठा र इमानको राजनीतिको पहिचान बनाएका परिवारजनमाथि विश्वासघात भएको विज्ञप्तिमा उल्लेख छ । परिवारजनले उनलाई निर्णय सच्चाएर कांग्रेसमा फर्कन पनि आग्रह गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्