०९ असार २०८३, मंगलबार

चिकित्सा शिक्षा विधेयक पारित गर्ने संसद्को कार्यसूची, अवरोध गर्ने तयारीमा कांग्रेस

चिकित्सा शिक्षा विधेयक पारित गर्ने संसद्को कार्यसूची, अवरोध गर्ने तयारीमा कांग्रेस

काठमाडौं – सरकारले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गर्ने तयारी गरेको छ । सोमवार मध्याह्न बस्ने संसद्को बैठकमा विधेयक पारित गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । 

बैठकको सम्भावित कार्यसूचीमा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले विधेयक पारित गरियोस् भनी पेश गर्ने कार्यक्रम छ । 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने सो विधेयक पारित गर्न नदिने रणनीतिमा लागेको छ । चिकित्सा शिक्षा सुधारको पक्षमा आन्दोलन गर्दै आएका डा. गोविन्द केसीसँग भएको सहमति अनुसार विधेयक पारित गर्नुपर्ने कांग्रेसको भनाइ छ ।

आफूसँग भएको सहमति विपरीत संसद्को शिक्षा तथा स्वास्थ्य समितिले चिकित्सा शिक्षा विधेयक पारित गरेको भन्दै डा. केसी १३ दिनदेखि अनशनमा छन् ।

गएको शुक्रवार संसद्मा प्रधानमन्त्री केपी ओलीसँगको प्रश्नोत्तर कार्यक्रममा कांग्रेस सांसद एवं समिति सदस्य गगन थापाले केसीसँग भएको सहमति अनुसार विधेयक पारित किन नगर्ने भनेर प्रश्न गरेका थिए । 

जवाफमा प्रधानमन्त्री ओलीले आफूले संसद्लाई निर्देशन गर्न नसक्ने बताएका थिए । संसद्मा नेकपासँग विधेयक पारित गर्नका लागि पर्याप्त बहुमत छ ।

प्रमुख प्रतिपक्षी दलले सदन अवरोध गरेको खण्डमा विधेयक पारित गर्ने कि नगर्ने भन्नेमा सभामुख अन्योलमा रहेको सचिवाल स्रोतले जनायो । 

salt training

कमेन्ट गर्नुहोस्