०९ असार २०८३, मंगलबार

कांग्रेस अवरोधका कारण संसद बैठक १५ मिनेटका लागि स्थगित

कांग्रेस अवरोधका कारण संसद बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधका कारण प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।

प्रतिनिधिसभाको सोमवार बसेको बैठकको शुरुमै सभामुखसँग समय लिएर कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा खुलेका अस्पताललाई संघ मातहत राख्नुपर्ने निर्णय नगर्दासम्म संसद बैठक चल्न नदिने बताए ।

कांग्रेसको विरोधका कारण संसदको बैठक १५ मिनेटका लागि भन्दै मध्यान्ह १२ बजेर ५० मिनेटमा स्थगित भएको छ । बैठकमा चिकित्सा शिक्षा विधेयक पारित गर्ने कार्यसूची थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्