काठमाडौं– विहे गर्ने तयारीमा रहेका रियल लाइफ जोडी प्रियंका कार्की र आयुष्मान देशराज जोशीको मुख्य भूमिका रहेको चलचित्र ‘प्रेम दिवस’को पहिलो गीत सार्वजनिक गरिएको छ ।
सोमबार राजधानीमा एक कार्यक्रमकाबीच ‘तिम्रो छेउ सरुँ कि म’ बोलको गीत सार्वजनिक गरिएको हो ।
अञ्जु पन्तको आवाज रहेको गीतको भिडियोमा नायिका प्रियंका फिचर्ड छिन् । गीतमा महाराज थापाको शब्द तथा संगीत छ । भिडियोलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् ।
योगेश घिमिरे निर्देशित चलचित्रमा प्रियंका र आयुष्मानका साथमा हेमन्त वुढाथुकी, शिवशंकर रिजाल, उत्तम केसी, विशाल खरेल, संजय न्यौपाने, श्रीकृष्ण लुइँटेल लगायतको मुख्य भूमिका छ । प्रदीप भारद्धाजको कथा रहेको चलचित्रलाई संजय न्यौपानेले निर्माण गरेका हुन् ।
मानकृष्ण महर्ननको छायाँकन रहेको चलचित्रमा चलचित्रमा बनिष शाह र मिलन श्रेष्ठको सम्पादन, रोशन श्रेष्ठको एक्सन छ ।