०६ असार २०८३, शनिबार

केही व्यक्तिका कारण राजनीतिक क्षेत्र फोहरी बन्दै गयोः नेता पौडेल

केही व्यक्तिका कारण राजनीतिक क्षेत्र फोहरी बन्दै गयोः नेता पौडेल

पाल्पा– नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीतिक क्षेत्रलाई सम्मानित बनाउनुपर्ने बताएका छन् । 

काँग्रेस पाल्पाले आज तानसेनमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले भने, “पछिल्लो समयमा केही व्यक्तिका कारण राजनीतिक क्षेत्र फोहरी बन्दै गएकाले राजनीतिक दलले अब यस क्षेत्रलाई सम्मानित बनाउन सक्नुपर्दछ ।” 

नेता पौडेलले अहिले मुलुकमा सिद्धान्तको राजनीति आवश्यक रहेको उल्लेख गर्दै प्रजातन्त्र र समाजवादबाट मात्र मुलुकको विकास र समृद्धि सम्भव हुने बताए । 

अराजनीतिक मुद्दा समातेर अब राजनीतिक गर्न नहुने पनि उनले बताए । 

काङ्ग्रेसका युवा नेता तथा केन्द्रीय सदस्य चन्द्र भण्डारीले पार्टीभित्रै आन्तरिक द्वन्द्व रहेकाले त्यसलाई अन्त्य गरी पार्टीलाई अझ बलियो र सशक्त बनाउनुपर्नेमा जोड दिए । 

कमेन्ट गर्नुहोस्