
काठमाडौँ– नेपाल राष्ट्र बैंकले रु पाँच अर्ब ५० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।
बैंकले आज एक सूचनामार्फत उक्त परिमाणको ट्रेजरी बिल बोलकबोलमा बिक्री गर्न लागेको जनाएको हो ।
उक्त बिल ९१ दिनका लागि बिक्री गर्न लागिएको हो । बैंकले यसअघि रु तीन अर्ब बराबरको ट्रेजरी बिक्री गरेको थियो ।