१० असार २०८३, बुधबार

कतारले ऋणग्रस्त लेवनानको ५० करोड अमेरिकी डलर बराबरको ऋणपत्र किनिदिने

माघ ८, २०७५
कतारले ऋणग्रस्त लेवनानको ५० करोड अमेरिकी डलर बराबरको ऋणपत्र किनिदिने

दोहा– आर्थिक रूपमा सम्वृद्ध मानिने खाडी मुलुक कतारले ऋणग्रस्त लेवनानको करिब ५० करोड अमेरिकी डलर बराबरको ऋणपत्र किनिदिने भएको छ । 

कतारी इमिर (राजा) अरब मुलुकहरूको आर्थिक सम्मेलनका लागि लेबनानको राजधानी बेरूत पुगेको भोलिपल्ट कतारले लेवनानको उक्त रकम बराबरको ऋणपत्र किनेर सहयोग गर्ने कतारले जनाएको हो । 

“कतार सरकारले लेवनानी सरकारको ५० करोड बराबरको ऋणपत्र किनेर आर्थिक सङ्कटबाट गुज्रिरहेको अरब मुलुकलाई सहयोग गर्ने निर्णय गरेको छ,” कतार न्यूज एजेन्सीले विदेश मन्त्री मोहम्मद विन अब्दुलरहमान अल–थानीको विज्ञप्तिलाई उद्धृत गरेको छ । 

लेबनानका अर्थमन्त्रीले यसै महिना राज्यको सार्वजनिक ऋणबारे दिएको अभिव्यक्तिले यहाँको बजारलाई त्रसित तुल्याएको थियो । उनको उक्त घोषणाले लेवनानलाई विश्वका खराब अर्थतन्त्र भएका मुलुकहरूको सूचीमा रहेको पुष्टि गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्