
काठमाडौं – जगदम्बा मोटर्स, अन्तर्राष्ट्रिय जगतका प्रसिद्ध दुइ तथा तिन पांग्रे सवारीका उत्पादक टिभिएस मोटर कम्पनीको नेपालकै एकमात्र अधिकृत बिक्रेता, द्वारा आयोजित ४ दिने पुस २५ गतेदेखि २८ गतेसम्म ‘दि टिभिएस ग्रान्ड एक्सचेन्ज’ कार्यक्रम ग्राहकको उच्च माग र उत्सुकतालाइ मध्यनजर गर्दै थप १ दिन बढाएर पुस २९ गते सम्पन्न भएकोे छ ।
कार्यक्रममा निःशुल्क स्वास्थ्य जाँच र बम्पर उपहारमा टिभिएसको स्ट्राइकर १२५ सीसी मोटरसाइकल प्रमुख आकर्षण रहेको थियो । जसको विजेता लक्की–ड्रमार्फत् कार्यक्रमको अन्त्यमा राजकुमार श्रेष्ठलाई हस्तान्तरण गरिएको थियो ।
नेपाली बजारमा निकै नाम चलेको र मन पराइएको कम्पनीले यो एक्सचेन्ज योजनामा जुनैपनि कम्पनीको बाइक वा स्कुटरसँग आफ्नो उत्पादन एक्सचेन्ज र अन्य विभिन्न उपहारका साथसाथै छुटको पनि व्यवस्था गरेको थियो । ग्राहकको सेवा तथा सुविधाको लागि गरिएको आयोजनामार्फत् अत्याधिक ग्राहकको सहभागिताका साथसाथै ५ दिनमा करीब ५०० बाइक र स्कुटर एक्सचेन्ज गर्न सफल भएको छ ।
कुनै पनि सवारी साधन एक्सचेन्ज गर्न मिल्ने कार्यक्रममा २०% डाउनपेमेन्टमा ०% ब्याजदर, ८ हजार रुपैयाँसम्म पर्ने उपहार (हेल्मेट, पन्जा, बाइक कभर र ब्याग), जुनै सवारीमा न्युनतम २५००० मूल्यांकन, ७०००–१००००० रुपैयाँसम्मको नगद छुट र बम्पर उपहारमा टिभिएस स्ट्राइकर १२५ सीसी बाइकजस्ता आकर्षक उपहारको व्यवस्था गरिएको थियो ।
‘ग्राहकहरूको सक्रिय सहभागिता देखेर हामी निकै खुशी भएका छौ । त्यसैले टिभिएसले आउने दिनहरूमा ग्राहकहरूको सेवा तथा सुविधाको लागि यस्ता अन्य विभिन्न कार्यक्रम र अफरको आयोजना गर्ने उद्देश्य बोकेको छ,’ कम्पनीका बजार प्रमुख विक्रम पौडेलले भने ।