२४ जेठ २०८३, आइतबार

न्युयोर्कमा मरेका साउदी दिदीबहिनीको मृत्युको रहस्य खुल्यो

न्युयोर्कमा मरेका साउदी दिदीबहिनीको मृत्युको रहस्य खुल्यो

काठमाडौं — न्युयोर्कमा एक नदी किनारमा टेपले बाँधिएको अवस्थामा भेटिएका साउदी अरबका दुई दिदीबहिनीको मृत्युको रहस्य खुलेको छ । 

दिदीबहिनीले आत्महत्या गरेको चिकित्सकहरूले बताए । 

रोताना फारिआ र उनकी बहिनी ताला गत अक्टोबर महिनामा हडसन नदीको किनारामा मृत अवस्थामा भेटिएका थिए । उनीहरूको शरीरमा चोटका कुनै चिह्न थिएनन् । उनीहरूले एकैसाथ आफूलाई टेपले घुँडा र कम्मरमा बाँधेका थिए । 

चिकित्साविशेषज्ञ बारबारा स्याम्पसनले दिदीबहिनीको आत्महत्याको पुष्टि गरिन् । युवतीहरूले हडसन नदीमा हाम्फाल्नुअघि आफूलाई टेपले बाँधेका थिए । 

दिदीबहिनीले अमेरिकामा शरणका लागि निवेदन दिएका थिए । 

अमेरिकामा शरण मागेका कारण दिदीबहिनीलाई साउदी दूतावासले देश छोडेर जान भनेको भनी छापिएका खबर सही नभएको साउदी दूतावासकी प्रवक्ता फातिमा बाशेनले बताइन् । 

यी दिदीबहिनी भर्जिनियामा शरणार्थी गृहमा बसिरहेका थिए र अगस्ट महिनामा त्यहाँबाट भागेर न्युयोर्क गएका थिए । 

अमेरिकी सञ्चारमाध्यमले प्रहरीलाई उद्धृत गर्दै बताएअनुसार, दुवै दिदीबहिनीले साउदी अरब फर्किनुभन्दा आफैंलाई हानि गर्ने संकेत दिएका थिए ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्