
काठमाडौं — सन् २०१९ मा अनौठो फेशन ट्रेन्ड आएको छ ।
वीयर्ड जीन्स ट्रेन्ड सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । त्यसलाई देखेर तपाईंलाई हाँसो लाग्न सक्छ ।
पहिलापहिला त मान्छेले भूलवश प्यान्ट वा टीशर्ट उल्टो लगाउँथे तर जीन्स उल्टो लगाउने ट्रेन्ड सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
यो त अहिले फेशन नै बनिसकेको छ ।
यसअघि गोडा ह्वांग देखिनेगरी काटिएका जीन्सको चलन चलेको थियो ।
हुँदाहुँदा उल्टो जीन्स लगाएर हिँड्ने चलन पनि आयो ।
बूहू ब्रान्डको यो जीन्स २२ युरो (३५ सय रुपैयाँ) मा बिकिरहेको छ ।


एजेन्सी