
काठमाडौं– धितोपत्र बजारमा बुधवार शेयरको मूल्यमा वृद्धि भएको छ । कारोबार मापक नेप्से परिसूचक बुधवार ४ दशमलव १५ अंकले वृद्धि भएको हो ।
नेप्से परिसूचक एक हजार १ सय ७२ दशमलव ९८ विन्दुमा पुगेको छ ।
ठूला कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक शुन्य दशमलव ६९ अंकले बढेर २ सय ४८ दशमलव ७४ अंकले पुगेको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार कूल २४ करोड ७७ लाख ४३ हजार १ सय ५५ रुपैयाँको कारोवार भएको छ ।
कुल १ सय ६३ कम्पनीको १० लाख दुई हजार १ सय ७ कित्ता शेयर खरिद विक्री भएको नेप्सेले जानकारी दिएको छ ।
कारोवार भएका कूल ११ उप समूहमध्ये आज दुई उपसमूहको शेयर ओरालो लागेको र नौ उपसमूहको शेयरमा वृद्धि भएको छ ।
नेप्सेका अनुसार बुभवार उत्पादनतर्फ ३१ दशमलव ६ र जीवन बीमा २७ दशमलव ३१ विन्दुले घटेको छ ।
त्यस्तै बैंकिङ क्षेत्रको १ दशमलव ४९, व्यापार २ दशमलव ८७, होटल शुन्य दशमलव २१ र विकास बैंकको ६ दशमलव ८६ अंकले वृद्धि भएको छ ।
त्यस्तै जलविद्युत् ३१ दशमलव ४८, वित्त शुन्य दशमलव ७९, निर्जीवन बीमा ५८ दशमलव ६ वृद्धि भएको छ । त्यस्तै लघुवित्त १२ दशमलव ९९ अंक र अन्य ३ दशमलव ३९ अंकले वृद्धि भएको छ ।
नेप्सेका अनुसार सानिमा इक्वीटी फण्ड, आँखु खोला जलविद्युत् कम्पनी, माथिल्लो तामाकोशी, मिर्मिरे लघुवित्त वित्तीय संस्था, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक, निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाका शेयरधनीले कमाएका छन् ।
यस्तै जोशी हाइड्रो पावर, गुर्खाज फाइनान्स, पञ्चकन्या माइहाइड्रो पावर, तिनाउ डेभलपमेन्ट बैंक, यूनिलिभर नेपालका शेयरधनीले आज गुमाएका छन् ।