
काठमाडौं– बलिउड ‘आइटम गर्ल’ राखी सावन्त नेपाल आउने भएकी छिन् ।
१६ माघमा मोरङमा आयोजना हुने ‘एक दिने अन्तराष्ट्रिय म्युजिक महोत्सव’ मा सहभागि हुन उनी नेपाल आउन लागेको बताइएको छ । सो क्रममा उनले आफ्नो नृत्यमार्फत बिराटनगरबासीलाई नचाउनेछिन् ।
आयोजक मिस्टी डान्स गाइजले यसबारे बारेमा जानकारी दिएको हो ।
ग्लोवल डिस्मको व्यवस्थापनमा गरिने महोत्सवमा राखीको अलवा नेपाली कलाकारको समेत प्रस्तुति रहने आयोजक संस्था मिस्टी डान्सका समिल अन्सारीले जानकारी दिए ।
महोत्सवमा गीत, नृत्य तथा फेसन शो समेत रहने आयोजकको भनाई रहेको छ ।