०१ असार २०८३, सोमबार

आशा लघुवित्तको आईपीओ आउँदै, १८ गतेदेखि भर्न सकिने

आशा लघुवित्तको आईपीओ आउँदै, १८ गतेदेखि भर्न सकिने

काठमाडौं – आशा लघुवित्त वित्तीय संस्थाले यही माघ १८ गतेदेखि कूल छ लाख ७४ हजार कित्ता साधारण शेयर बिक्री गर्ने भएको छ ।

संस्थाले आज एक आह्वान पत्र सार्वजनिक गर्दै न्यूनतम १० कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरेको जनाएको छ । संस्थाले बिक्री गर्न लागेको शेयरको १० हजार ३७० कित्ता कर्मचारी, ३३ हजार ७०० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएको छ । 

साधारण शेयरका लागि आवेदकले न्यूनतम १० कित्ता र अधिकतम तीन हजार ३७० कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरिएको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जानकारी दिएको छ । 

उक्त कम्पनीको शेयर छिटोमा यही माघ २२ गते र ढिलोमा आगामी फागुन १९ गतेसम्म खरीद गर्न सकिने व्यवस्था गरिएको छ । उक्त संस्थाको शेयरले वित्तीय अवस्था औसत भएको भन्दै ग्रेड चार प्राप्त गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्