०७ असार २०८३, आइतबार

ट्रम्पले पठाएको पत्रबाट किम सन्तुष्ट

ट्रम्पले पठाएको पत्रबाट किम सन्तुष्ट

काठमाडौं — उत्तर कोरियाका नेता किम जोङ–उनले शिखरवार्ताभन्दा अघि अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पबाट प्राप्त पत्रप्रति सन्तोष जनाएका छन् । 

उत्तर कोरियाको सरकारी मिडियाले बिहीवार यसको जानकारी दियो । समाचार संस्था केसीएनएले लेखेअनुसार, किम अहिले ट्रम्पसँगको बैठकका प्राविधिक पक्षमा कुराकानी गरिरहेका छन् । 

फेब्रुअरीका लागि प्रस्ताव गरिएको बैठकका विषयमा उत्तर कोरियाको यो पहिलो प्रतिक्रिया हो । किमको दाहिने हात मानिने किम योङ–चोलले यो पत्र दिएका हुन् । चोलले गत साता ट्रम्पसँग वाशिङटनमा भेटघाट गरेका थिए ।

अमेरिका र उत्तर कोरिया निःशस्त्रीकरणका विषयमा एक सम्झौता गर्न चाहन्छन् जसले गर्दा दुई देशबीच दशकौंसम्म चलेको शत्रुतालाई कम गर्न सकियोस् । 

दुवै नेताहरूले सन् २०१८ को जुन महिनामा सिंगापुरमा पहिलोपटक भेटघाट गरेका थिए र अस्पष्ट दस्तावेजमा हस्ताक्षर गरेका थिए । त्यसमा किमले कोरियाली प्रायद्वीपको आणविक निःशस्त्रीकरणको दिशामा काम गर्ने वचन दिएका थिए । 

ट्रम्पले विस्तृत जानकारी नदिइकनै शिखरवार्ताको स्थान निश्चित भइसकेको बताए । ह्वाइट हाउसले फेब्रुअरी महिनामा शिखरवार्ता हुने पुष्टि गरिसकेको छ । 

एजेन्सी
 

कमेन्ट गर्नुहोस्