१० असार २०८३, बुधबार

विधेयक पारित भएपछि देउवाले भने- सडक र सदन दुवैमा विरोध जारी रहन्छ

विधेयक पारित भएपछि देउवाले भने- सडक र सदन दुवैमा विरोध जारी रहन्छ
फाइल फोटो

काठमाडौं - प्रतिनिधि सभाबाट चिकित्सा शिक्षा विधेयक बहुमतले पारित भएपछि प्रमुख प्रतिपक्षी दलका नेता एवं कांग्रेस सभापति शेरबहादुर देउवाले सभामुख कृष्णबहादुर महराले पदको दुरूपयोग गरेको आरोप लगाएका छन् । 

चिकित्सा शिक्षा विधेयक पारित भएपछि संसद् भवनबाट बाहिरिने क्रममा देउवाले उक्त आरोप लगाएका हुन् । 

संसद्‍मा कांग्रेसले गरेको अवरोधका बीच शिक्षामन्त्री गिरिराजमणि पोख्रेलले चिकित्सा शिक्षा विधेयक प्रस्तुत गरेका थिए । विधेयक प्रस्तुत हुँदा कांग्रेसका संसद्‍हरूले रोस्ट्रममा नाराबाजी गरिरहे तर सभामुख महराले विधेयक पारित भएको घोषणा गरे । 

'महाकाली सन्धीलाई पनि मनमोहन अधिकारीसँग मैले छलफल गरेरै संसदमा प्रस्तुत गरेको हो,' प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति देउवाले भने, 'सभामुखले आफ्नो पदको दुरुपयोग गरेर विधेयक पारित गरे, एकदम दु:ख लागेको छ ।'

कांग्रेसका नेताहरूका नाममा खोलिएका अस्पताल विघटन गर्न खोजिएको भन्दै देउवाले सडक र सदनबाट विरोध जारी रहने समेत बताए ।

salt training

कमेन्ट गर्नुहोस्