०५ असार २०८३, शुक्रबार

वरुण गान्धी कांग्रेसमा प्रवेश गर्ने खबरमा राहुल गान्धीले दिए यस्तो जवाफ

वरुण गान्धी कांग्रेसमा प्रवेश गर्ने खबरमा राहुल गान्धीले दिए यस्तो जवाफ

काठमाडौं — भारतको सबभन्दा ठूलो राजनीतिक परिवारकी सदस्य प्रियंका गान्धी सक्रिय राजनीतिमा आएपछि वरुण गान्धी पनि कांग्रेसमा आउने हल्ला चलेको छ । 

अहिले भारतीय जनता पार्टीबाट सांसद रहेका वरुण गान्धी राहुल र प्रियंकाका काकाका छोरा हुन् । 

तर उडिसाको भुवनेश्वरमा आयोजित एक कार्यक्रमका बेलामा राहुल गान्धीलाई वरुण पनि कांग्रेसमा आउलान् त भनी सोधिएको प्रश्नमा उनले भने, ‘मैले यस्ता अनुमानहरू सुनेको छैन ।’

राहुल गान्धीले कांग्रेस अध्यक्ष पद सम्हालेपछि वरुण गान्धी पार्टीमा आउने चर्चा चलेको थियो । अहिले प्रियंका गान्धीको प्रवेशपछि यी अनुमानहरू फेरि गरिएका छन् । 

विगत केही दिनयता वरुण गान्धीले केन्द्र सरकारको आलोचना गरेर बयान दिएका थिए । रोहिंग्या मुसलमानलाई उचित सम्मान नदिएको भन्दै उनले आलोचना गरेका थिए । 

वरुणका पिता सञ्जय गान्धीको सन् १९८० मा दुर्घटनामा मृत्यु भएको थियो । त्यसपछि उनकी पत्नी मेनका गान्धी कांग्रेसबाट टाढिन थालेकी थिइन् । सन् १९८८ मा उनी जनता दलमा प्रवेश गरेकी थिइन् । सन् २००४ मा भारतीय जनता पार्टी प्रवेश गरिन् । 

वरुण गान्धी पनि त्यसै वर्ष भाजपा आए र सन् २००९ मा पीलीभीतबाट सांसद बने । सन् २०१४ मा उनले उत्तर प्रदेशको सुल्तानपुरबाट लोकसभा चुनाव जिते । 

वरुण लोकप्रिय नेता हुन् र कडा भाषणका लागि चिनिन्छन् । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्