२३ असार २०८३, मंगलबार

सिमेन्ट उद्योगका व्यवस्थापक मृत फेला

सिमेन्ट उद्योगका व्यवस्थापक मृत फेला

सुरुंगा – झापाको भद्रपुर नगरपालिका–९ मा रहेको मनषा सिमेन्ट उद्योगका व्यवस्थापक कमल दुगड शंकास्पद अवस्थामा मृत भेटिएका छन् । 

हातखुट्टा बाँधिएको अवस्थामा शनिवार बिहान उनी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले बताए । उनका अनुसार भारत पटना घर भएका ६१ वर्षीय दुगड विगत ३ वर्षदेखि सिमेन्ट उद्योगमा काम गर्दै आएका थिए । 

पर्शुराम अग्रवालले सञ्चालन गरेको सिमेन्ट उद्योगमा व्यवस्थापक नै शंकास्पद अवस्थामा मृत भेटिएपछि नेपाल प्रहरीको कुकुर शाखा धरानबाट कुकुर ल्याएर अनुसन्धान थालिएको जिल्ला प्रहरी प्रमुख ढकालले बताए ।

salt training

कमेन्ट गर्नुहोस्