
कैलाली, २७ फागुन - भारतीय सुरक्षाकर्मीको गोली लागेर कञ्चनपुरमा नेपाली नागरिकको मृत्यु भएपछि कैलालीको सिमा क्षेत्रका युवाहरू प्रदर्शमा उत्रिएका छन् ।
उनीहरू विहानैदेनि भारतीय नाका गौरीफन्टामा गएर प्रदर्शन गरिरहेका छन् । उनीहरूले भारतीय ज्याजतिको विरुद्ध नारावाजी समेत गरिरहेका छन् ।
कैलालीका एसपी अर्जुन चन्दले विहानैदेनि नेपाली युवाहरुले नाका प्रदर्शन गरिरहेको जानकारी दिए । उनका अनुसार सात सय भन्दा बढी युवाहरू नाकामा जम्मा भएर प्रदर्शन गरिरहेका छन् । युवाहरूले भारतका विरुद्धमा नारावाजी गरिरहेका छन् ।
युवाहरूले भारतले ज्याजती गर्दा समेत नेपाली सुरक्षाकर्मीहरू हेरेर बसेको भन्दै नेपाली प्रहरीहरूमाथि सामान्य ढुंगामुढा समेत प्रहार गरेका छन् । उता भारतीय सुरक्षाकर्मीहरूपनि अलर्ट अवस्थामा बसेका छन् ।
हिँजो कञ्चनपुरको पुर्नवास नगरपालिका ८ आनन्द बजारमा भारतीय सुरक्षाकर्मीको गोली लागेर एक नेपालीको मृत्यु भएको थियो । भारतीय प्रहरीको गोली लागेर कञ्चनपुरका ३० वर्षीय युवा गौविन्द गौतमको ज्यान गएको हो ।
नेपाली भूमिमै प्रवेश गरेर भारतीय सुरक्षाकर्मीले आक्रमण गरेको भन्दै सिमा क्षेत्रका नेपाली नागरिकले प्रदर्शन गरिरहेका छन् । कल्र्भट निर्माणका क्रममा नेपाली नागरिक भारतीय सुरक्षाकर्मीका बीच बिवाद सिर्जना भएपछि भारतीय पक्षले गोली प्रहार गरेको थियो ।
कञ्चनपुरको सिमाना भित्र प्रवेश गरेर भारतीय पक्षले यसो गरेको थियो--