१६ असार २०८३, मंगलबार

बेनी–जोमसोम सडक अवरुद्ध

माघ १२, २०७५
बेनी–जोमसोम सडक अवरुद्ध

म्याग्दी- भारी हिमपातका कारण म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध बनेको छ । थासाङ गाउँपालिकामा पर्ने घाँसादेखि माथिल्लो क्षेत्रमा बाक्लो हिउँ परेकाले सडक अवरुद्ध बनेको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ । 

बेनी, पोखरा, काठमाडौँलगायतका स्थानबाट जोमसोमका लागि छुटेका सवारी साधन आज बिहानैदेखि घाँसामा रोकिएका सहायक प्रजिअ विश्वेश्वर रेग्मीले बताउनुभयो । सहायक प्रजिअ रेग्मीका अनुसार मुस्ताङमा दुई फिटसम्म बाक्लो हिउँ जमेको छ । 

मुस्ताङका सबै सडक अवरुद्ध भएका छन् । हिउँ पग्लिन एक÷दुई दिन लाग्ने जनाइएको छ । प्रतिकूल मौसम र धावनमार्गमा हिउँ जमेकाले पोखरा–जोमसोम हवाई उडान पनि भएको छैन । मुस्ताङ सडकका साथै विद्युत् सुविधाबाट पनि विच्छेद भएको छ । घरपझोङ र बारागुङ मुक्तिक्षेत्र गाउँपालिका बाहेकका क्षेत्रमा सञ्चार सेवा अवरुद्ध बनेको छ । 

salt training

कमेन्ट गर्नुहोस्