०७ असार २०८३, आइतबार

तत्काल निर्वाचनको घोषणा गर्न भेनेजुयलालाई स्पेनको आग्रह

माघ १२, २०७५
तत्काल निर्वाचनको घोषणा गर्न भेनेजुयलालाई स्पेनको आग्रह

म्याड्रिड– भेनेजुयलाको राजनीतिक विवादले उग्र रूप लिइरहेका समय राष्ट्रपति निकोलास मदुरोलाई तत्काल निर्वाचनको मिति तय गर्न स्पेनले शनिबार भेनेजुयलालाई आग्रह गरेको छ । 
स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेजले भेनेजुयलाका राष्ट्रपति मदुरोलाई आठ दिन भित्र निर्वाचनको मिति तोक्न आग्रह गर्नुभएको हो । सान्चेजले वर्तमान् नेतृत्वले आठ दिन भित्रमा निर्वाचनको मिति नतोके स्पेनले विपक्षी नेतालाई अन्तरिम राष्ट्रपतिका रूपमा मान्यता दिने बताउनुभएको छ । 

“यदि आठ दिनभित्र भेनेजुयलामा स्वच्छ, स्वतन्त्र र पारदर्शी निर्वाचनको आह्वान नगरिए स्पेनले प्रतिपक्षी नेता हँुवा गुइदोलाई राष्ट्रपति रूपमा मान्यता दिनेछ,” स्पेनी प्रधानमन्त्री सान्चेजले भन्नुभयो । 

भेनेजुयलाका प्रतिपक्षी नेता गुइदोले बुधबार आफैलाई “अन्तरिम राष्ट्रपति” घोषणा गरेका थिए । घोषणालाई अमेरिका तथा दक्षिण अमेरिकाका अन्य राष्ट्र पेरू, ब्राजिल, कोलम्बियाले मान्यता दिएका छन् । यूरोपेली मुलुकहरू जर्मनी र फ्रान्सले पनि विपक्षी नेतालाई सधाउने सङ्केत गरिसकेका छन् । 

तर टर्की, रसिया, चीन भने मदुरोको पक्षमा देखिएका छन् । मदुरोलाई मेक्सिको, क्युबा र बोलिभियाका बामपन्थी सरकारहरूले विगतमा झैँ समर्थन यथावत् रहेको जनाएका छन् भने कतिपय मुलुकहरू यसबारे बोलिसकेका छैनन् । 

salt training

कमेन्ट गर्नुहोस्