२० असार २०८३, शनिबार

'फागुनभित्र २० हजार कर्मचारी भर्ना'

'फागुनभित्र २० हजार कर्मचारी भर्ना'

काठमाडौं– संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले आगामी फागुनभित्र सरकारले नयाँ २० हजार निजामती कर्मचारी माग गर्न लागेको बताएका छन् ।

नेपाल यातायात महिला चालक समूहद्वारा शनिबार राजधानीमा आयोजित कार्यक्रममा उनले केन्द्र, प्रदेश र स्थानीय तहमा संघीय लोकतान्त्रिक प्रणाली व्यवस्थित गर्न उक्त संख्यामा कर्मचारी आवश्यक पर्ने बताएका हुन्। 

उनले माघ महिनाभित्र कर्मचारी समायोजनको कार्य सम्पन्न गर्ने र त्यसपछि तीनै तहलाई आवश्यक कर्मचारी लोकसेवाबाट पदपूर्ति गरिने जानकारी दिए ।, कान्तिपुरमा खबर छ ।
 

salt training

कमेन्ट गर्नुहोस्