०७ असार २०८३, आइतबार

सरकारविरुद्ध आन्दोलनका कार्यक्रम तय गर्न कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

सरकारविरुद्ध आन्दोलनका कार्यक्रम तय गर्न कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं –विकसित राजनीतिक घटनाक्रमको समीक्षा तथा सरकारविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्न नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आइतवार बस्दैछ । 

संसद्‍मा शुक्रवार भएको घटनबारे पार्टीको धारणा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आइतवार बस्ने बैठकले आन्दोलनका कार्यक्रम घोषणा गर्ने बताएका थिए । 

सरकारले पार्टीको नेताका नाममा रहेका अस्पताललाई खारेजीको बाटोमा लगेको तथा डा. गोविन्द केसीसँग भएको सहमति विपरीत चिकित्सा शिक्षा विधेयक पारित गरेको भन्दै कांग्रेस रुष्ट छ ।

कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौड्यालले आइतवार बस्ने बैठकले आन्दोलनको मोडालिटी तयार गर्ने लोकान्तरलाई जानकारी दिए । कांग्रेसनिकट महिला संघले आजै विरोधको कार्यक्रम गर्दैछ ।

सरकारले प्रतिपक्षलाई द्वन्द्वका लागि आमन्त्रण गरेकाले सरकारविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्ने उसले बताएको थियो । 

कांग्रेस भ्रातृ संगठन नेविसंघले सरकारविरुद्ध आन्दोलन शुरू गरिसकेको छ ।

कमेन्ट गर्नुहोस्