१२ साउन २०८३, मंगलबार

पाल्पामा पहिलो पाईलाको ‘न्यानो माया अभियान’, ख्याहाका विद्यार्थीलाई बाँड्यो न्यानो कपडा

पाल्पामा पहिलो पाईलाको ‘न्यानो माया अभियान’, ख्याहाका विद्यार्थीलाई बाँड्यो न्यानो कपडा

काठमाडौं- पहिलो पाईला नेपाल पाल्पा शाखाले विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ ।

जिल्लाको रिब्दिकोट गाउँपालिका १ ख्याहा जैथुमस्थित कालिका आधारभूत विद्यालयका १ सय ११ विद्यार्थीहरुलाई ‘न्यानो माया कार्यक्रम’ अन्तर्गत स्वीटर, टोपी, मोजा वितरण गरेको हो । 

शनिबार आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रदेश सभा सदस्य वीरबहादुर राना, विशिष्ट अतिथि पहिलो पाईला नेपालका केन्द्रीय अध्यक्ष प्रतिभा जिसी, विशिष्ट अतिथि रिब्दिकोट गाउँपालिका प्रमुख नारायण व. जिसी, वडा नं १ का वडा अध्यक्ष विष्णु गैरे, पहिलो पाईला नेपालका बुटवल शाखा सचिव आयुष पौडेल लगायत पहिलो पाईला पाल्पा शाखाका पदाधिकारी, विद्यालय ब्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, स्थानिय समाजसेवी, बुद्धिजिवी लगायतको उपस्थितीमा न्यानो कपडा वितरण गरिएको हो । 

कार्यक्रममा बोल्ने अतिथिहरुले युवाहरुले गरेको कामको प्रशंशा गरेका थिए ।

पहिलो पाईला नेपाल पाल्पा शाखा अध्यक्ष ईश्वर ज्ञवालीको अध्यक्षता, कोषाध्यक्ष कृष्ण राउतको स्वागत रहेको कार्यक्रमको संचालन सचिव दिपक पाण्डेले गरेका थिए ।

पहिलो पाईलाले गरिव तथा विपन्न विद्यार्थीहरुलाई लक्षित गर्दै ‘न्यानो माया अभियान’ कार्यक्रम संचालन गर्दै आईरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्