१० असार २०८३, बुधबार

प्रियंका गान्धीमा छ मानसिक समस्या, मान्छेलाई कुटपिट गर्छिन् : सुब्रमण्यम स्वामी

प्रियंका गान्धीमा छ मानसिक समस्या, मान्छेलाई कुटपिट गर्छिन् : सुब्रमण्यम स्वामी

काठमाडौं — प्रियंका गान्धी सक्रिय रूपमा राजनीतिमा प्रवेश गरेपछि अनेकौंथरी बयान सार्वजनिक भइरहेका छन् । 

भारतीय कांग्रेस अध्यक्ष राहुल गान्धीले उनलाई महासचिव बनाएपछि भारतीय जनता पार्टीले लगातार केही न केही प्रतिक्रिया दिइरहेको छ । 

यसै क्रममा भाजपा नेता र राज्यसभा सदस्य सुब्रमण्यम स्वामीले प्रियंकाका सम्बन्धमा आपत्तिजनक बयान दिएका छन् । 

स्वामीले दाबी गरेअनुसार, प्रियंकामा गम्भीर रोग छ जुन उनको सार्वजनिक जीवनका लागि अनुकूल छैन । उनमा बाईपोलारिटी नामक मानसिक रोग छ र त्यसले गर्दा उनको चरित्र हिंस्रक देखिन्छ । उनी मानिसलाई कुटपिट गर्छिन् । 

यसअघि भाजपा नेता कैलाश विजयवर्गीयले कांग्रेससँग नेता नभएकाले चकलेटी अनुहार ल्याएर चुनावमा होमिन खोजेको बताएका थिए । कांग्रेसमा आत्मविश्वासको कमी रहेको उनको आरोप छ । 

बिहारका उपमुख्यमन्त्री तथा भाजपाका वरिष्ठ नेता सुशील मोदीले प्रियंकालाई महासचिव बनाएर उत्तर प्रदेशमा जिम्मेवारी दिनु भनेको समाजवादी पार्टी र बहुजन समाजवादी पार्टीलाई डराउनका लागि भएको बताएका थिए । प्रियंका

उनी रोबर्ट वाड्राको प्रतिनिधिका रूपमा राजनीतिमा प्रवेश गरेको र वाड्रालाई चोख्याउने खेलको गोटी उनलाई बनाइने सुशील मोदीको भनाइ छ । 

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्