
काठमाडौं- चलचित्र ‘दाल भात तरकारी’को पत्रकार सम्मेलनमा नायिका आँचल शर्मा र पत्रकारबीच ठूलै चर्काचर्की भयो ।
एक म्यूजिक भिडियो छायाँकनका क्रममा अन्तर्वाता लिन पुगेका यूटयूबरलाई आँचलले आफूलाई ‘दाल भात तरकारी’ टिमले बाहिर अन्तर्वाता दिन रोक लगाएको बताएकी थिईन् ।
त्यही विषयलाई लिएर पत्रकार सम्मेलनमा आँचलप्रति पत्रकार आक्रोशित देखिए । ‘तपाईंको मुड अनुसार चल्नु पर्ने हो ? भन्दै पत्रकारले आक्रोशित हुँदै उनिप्रति प्रश्न गरेका थिए । सोही कार्यक्रममा चलचित्रका प्रस्तुतकर्ता किरण केसीले आफूले त्यस्तो नभनेको बताएपछि आँचलले पत्रकारसँग माफी नै मागिन् ।
यता नायक पल शाहले माफी मगाउँदै र माग्दैमा समस्याको हल नहुने बताउँदै आँचलको पक्षमा एक स्टाटस् लेखेका छन् ।
नायक पलले नायिक आँचलको पक्ष लिँदै कलाकारहरुसंग प्रस्तुत हुन् पत्रकारले सिक्न आवश्यक रहेको समेत बताएका छन् । आँचल र पल लामो समयदेखी प्रेममा रहेको सिनेवृत्तमा चर्चा हुँदै आएको छ । उनको यो स्टाटस्ले पनि आँचलप्रति प्रेम दर्शाएको बुझ्न गाह्रो छैन् ।
यस्तो छ पलको स्टाटस्: