![‘रणवीर’को गीतमा रोमान्टिक सुशील–सुवेक्षा [भिडियोसहित]](https://lktcdn2.prixacdn.net/media/Maya_Ma_Cover_Pic_Dm0dS3uunk.jpg)
काठमाडौं–माघ १८ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहको चलचित्र ‘रणवीर’को रोमान्टिक गीत ‘मायामा’ सार्वजनिक गरिएको छ ।
गीतमा चलचित्रका दुई कलाकार सुशील सिटौला र सुवेक्षा खड्का फिचर्ड छन् ।
पोखरा तथा आसपासका मनोरम दृश्यमा छायाँकन गरिएको गीतमा हर्कुलस बस्नेतको शब्द तथा संगीत रहेको छ ।
गीतमा हर्कुलस र प्रविशा अधिकारीले स्वर दिएका छन् । गीतलाई गम्भीर विष्टले कोरियोग्राफी गरेका हुन् ।
गोविन्द सिंह भण्डारीको लेखन तथा निर्देशन रहेको चलचित्रमा सुशील र सुवेक्षासँगै सुपुस्पा भट्ट, प्रशान्त ताम्राकार, टिका पहाडी, नरेश पौडेल, रवी गिरी, भोलाराज सापकोटा, शैलेश्वरी सिंह लगायतको अभिनय रहेको छ । चलचित्रलाई गोमा बिस्ट थापा र दिपेन्द्र रेग्मीले संयुक्त रुपमा निर्माण गरेका हुन् । चलचित्रमा माया, मित्रता र बदलाको कथालाई प्रस्तुत गरिएको छ ।
चलचित्रमा महेश पौडेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन, चन्द्र पन्तको द्वन्द, रामजी लामिछाने, गम्भीर विष्ट र सुरेन्द्र बसेलको कोरियोग्राफी छ ।