फेसबुकका मालिक मार्क जुकरवर्ग दोस्रो सन्तानका पिता बन्ने भएका छन् ।
आफू बाबु बन्न लागेको खबर जुकरवर्ग स्वयंले फेसबुकमा एक पोस्टको माध्यमबाट दिएका छन् । उनले फेसबुक पोस्टमा लेखेका छन् की उनी र उनकी पत्नी प्रिसिला खुसी छन् की म्याक्सीकी बहिनी यस दुनियामा आउन लागेकी छिन् ।
जुकरवर्गले स्टासमा लेखकेका छन् उनको पहिलो छोरी म्याक्समा केही समस्या आएका थिए । उनलाई एकिन थिएनकी उनी फेरि बच्चाको बारेमा सोच्ने छन् । तर जव उनलाई थाहा भयो की प्रिसिलाको गर्भ वसेको थाहा पाए । तव उनको पहिलो इच्छा बच्चा स्ववस्थ्य होस् भन्ने चाहना थियो ।
त्यसपछि उनलाई बच्चा छोरी होस् भन्ने लागेको थियो । जुन पुरा भएको छ ।
म्याक्स जन्मिएसँगै जुकरवर्ग दम्पत्तिले कम्पनीको ९९ प्रतिशत शेयर च्यारिटीमा दिने घोषणा गरेका थिए ।