हेटौडा, २७ फागुन–राष्ट्रवादी नयाँ शक्तिका लागि भन्दै हेटौडामा पाञ्चायन पूजा आयोजना गरिएको छ ।

आज विहान वर्दिया गुलरियाका राकेश कुमार शर्माले राष्ट्रवादी नयाँ शक्तिका लागि भन्दै हेटौडामा पाञ्चायन पूजा गरेका हुन् ।
उनले यसअघि विभन्न मितिमा देशका विभिन्न स्थानमा संविधानको श्राद्ध गरेका थिए । जसका कारण उनी प्रहरी नियन्त्रणमा समेत परेका थिए ।
शर्माले नेपालको राष्ट्रिय अखण्डता, एकता, सार्वभौमसत्ता, स्वाधिनता, प्रजातन्त्रको रक्षा, पाँच प्रदेश, हिन्दु राष्ट्र कायम गर्न, मुलुकको हित र रक्षाका लागि पृथ्वीनारायण शाह, महेन्द्र , जंगबहादुर राणा र सैनिक शासनको आवश्यकता पूर्तिका लागि नयाँ शक्तिको आवश्यकता भएको बताउँदै आएका छन् ।