०४ असार २०८३, बिहीबार

पाकिस्तानलाई आतंकवादी देश घोषणा गर्न माग गर्दै अमेरिका र भारतको संसदमा विधेयक

कात्तिक २०, २०७४
पाकिस्तानलाई आतंकवादी देश घोषणा गर्न माग गर्दै अमेरिका र भारतको संसदमा विधेयक
काठमाडौं, २७ फागुन– पाकिस्तानलाई आतंकवादी देशको सूचीमा राख्न अमेरिका तथा भारतको संसदमा प्रस्ताव दर्ता भएको छ ।

अमेरिकी संसदका सदस्य टेड पोले पाकिस्तानलाई आतंकवादी देश घोषणा गर्ने प्रस्ताव संसदमा राखेका हुन् । टेड पो आतंकवाद माथि अमेरिकी संसदको उपसमितिका समेत सदस्य हुन् ।

प्रस्ताव पेश गर्दै पोेले पाकिस्तान भरोसा योग्य सहयोगी नभएको बताएका हुन् । उनले ओसामा विन लागेनलाई शरण दिने र कक्कानी नेटवर्कलाई साथ दिनेसम्मका काम पाकिस्तानबाट भएकोले आतंकवादीको साथमा पाकिस्तान रहेको प्रमाणित हुने बताएका हुन् ।

यदी विल पास भएको खण्डमा अमेरिकी राष्ट्रपतिलाई ९० दिन भित्र यसको रिपोर्ट पेश गर्नुपर्ने हुन्छ की पाकिस्तानले अन्तराष्ट्रय आतंकवादलाई समर्थन बन्द गरेको छ की छैन । यसको ३० दिनपछि अमेरिकी विदेश मन्त्रीले विस्तृत रिपोर्ट दिनेछन् ।

भारतको राज्यसभामा पनि विलमा भारतीय सांसद चन्द्रशेखरले आतंकवादको लगातार बढावा दिने पाकिस्तान जस्ता देशलाई आतकवादी देशको दर्जा दिनुपर्ने बताएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्