१० असार २०८३, बुधबार

सावधान ! तामाको भाँडोमा दही राख्दा विष हुन्छ

कात्तिक २०, २०७४
सावधान ! तामाको भाँडोमा दही राख्दा विष हुन्छ
काठमाडौं, २७ फागुन — तामाको भाँडोमा राखेको पानी पिउनु स्वास्थ्यका लागि राम्रो हुन्छ तर तामामा दही राख्नु चाहिँ एकदमै हानिकारक हुन्छ । अनि तामामा अमिलो कुराहरू पनि राख्नु हुँदैन ।


दहीमा अत्यावश्यक पोषक तत्त्वहरू पाइन्छन् । जस्तै, क्याल्सियम, भिटामिन डी, भिटामिन बी१२, भिटामिन बी६, पोटेसियम, कोलेस्ट्रोल र म्याग्नेसियम । तर यिनै तत्त्व तामाको सम्पर्कमा आएपछि फाइदा गर्नुको साटो हानि गर्छन् ।

तामाको भाँडोमा अमिलो कुरा र दूध राख्दा यी कुराले तामासँग रियाक्ट गरेर फूड पोइजनको काम गर्छन् । यसबाट डाइरिया, पेट दुख्ने र उल्टीको समस्या आइलाग्छ । पानी बाहेक कुनै पनि खानेकुरा तामाको भाँडोमा राख्नु हुँदैन ।

पानीमा चाहिँ कुनै पनि पोषक तत्त्व नहुनाले यसलाई तामाको भाँडोमा राख्नुमा समस्या छैन । यो जुन वस्तुको सम्पर्कमा आउँछ, त्यसकै गुण अपनाउँछ । त्यसैले तामाको भाँडोमा राखेको पानी पिउँदा शरीरमा कपरको कमी हट्छ । तर पानीबाहेक कुनै पनि कुरा तामाको भाँडोमा नराख्नुहोला ।

पञ्जाब केसरीबाट

salt training

कमेन्ट गर्नुहोस्