११ असार २०८३, बिहीबार

नेपालमा घटेन भ्रष्टाचार : स्कोर समान, वरीयतामा दुई स्थान तल

डेनमार्कमा कम भ्रष्टाचार, सोमालिया सबैभन्दा भ्रष्ट !
नेपालमा घटेन भ्रष्टाचार : स्कोर समान, वरीयतामा दुई स्थान तल

काठमाडौं - नेपालमा गत वर्षको तुलनामा भ्रष्टाचार नघटेको तथ्याङ्क सार्वजनिक भएको छ ।

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले मंगलवार सार्वजनिक गरेको भ्रष्टाचारको विश्वव्यापी सूचकाङ्कमा ३१ अंक मात्र पाएर नेपाल १२४औं स्थानमा परेको हो ।

१०० पूर्णाङ्कमा गतवर्ष पनि समान ३१ अंक प्राप्त गरेको नेपाल १२२ औं स्थानमा थियो । ट्रान्सपरेन्सीले १८० देशको अध्ययन गरी भ्रष्टाचारको विश्वव्यापी सूचकाङ्क सार्वजनिक गरेको हो ।

कुल १०० मा ८८ अंक प्राप्त गरी डेनमार्क सबैभन्दा कम भ्रष्टाचार हुने र १० अंक प्राप्त गरी सोमालिया सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुक बनेका छन् ।

दक्षिण एसियामा भूटान सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक रहेको पाइएको छ । ६८ अंक प्राप्त गरेको भूटान २५ औं स्थानमा छ ।

यसैगरी ४१ अंक प्राप्त गरी भारत ७८औं स्थानमा, ३१ अंक प्राप्त गरी मालदिभ्स नेपालसँगै १२४औं स्थानमा, २६ अंक प्राप्त गरी बंगलादेश २६औं स्थानमा र १६ अंक प्राप्त गरी अफगानिस्तान १७२औं स्थानमा छन् ।

नेपालको उत्तरी छिमेकी मुलुक चीन भने ३९ अंक प्राप्त गरी ८७औं स्थानमा रहेको सूचकाङ्कमा उल्लेख छ ।

हेर्नुहोस्, विज्ञप्ति :

salt training

कमेन्ट गर्नुहोस्