२३ जेठ २०८३, शनिबार

आयुष्मान र शिल्पाको ‘सानो मन’ छायांकनमा, सांगीतिक प्रेमकथामा चलचित्र बन्ने

आयुष्मान र शिल्पाको ‘सानो मन’ छायांकनमा, सांगीतिक प्रेमकथामा चलचित्र बन्ने

काठमाडौं–अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री शिल्पा मास्केको लिड अभिनय रहने चलचित्र ‘सानो मन’को शुभ–मुहूर्त गरिएको छ ।

काठमाडौंको कमलादीस्थित गणेशस्थान मन्दिरमा पूजाआजा गर्दै चलचित्रको मुहूर्त गरिएको हो । मुहूर्तसंगै चलचित्रको छायांकन पनि सुरु भएको छ । 

काठमाडौं, भैरहवा, हङकङ र मकाउमा छायांकन हुने चलचित्रमा हङकङ निवासी सुयोग गुरुङको निर्देशन रहनेछ । सांगीतिक प्रेमकथामा निर्माण हुने चलचित्रमा आयुष्मानले निर्वाण र शिल्पाले सानियाको भूमिका निभाउनेछन् । 

चलचित्रका निर्माताहरु योगेश गुरुङ, राजिव श्रेष्ठ र राजेन्द्र मानन्धर हुन् । चलचित्रमा गौरी मल्ल, विशाल पहारी, शिशिर वाङदेल, रश्मी भट्टलगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । आलोक शुक्लाले चलचित्र खिच्नेछन् । 
समिर सुनवार र निर्देशक गुरुङको लेखनमा चलचित्र बन्न लागेको हो । चलचित्रमा साजन सिंहको कोरियोग्राफी रहनेछ । कोरियोग्राफर सिंह बलिउड सुपरस्टार सलमान खानका ‘पर्सनल ट्रेनर’ हुन् ।

चलचित्र सुयोग सोताङको संगीत रहनेछ ।

salt training

कमेन्ट गर्नुहोस्