
काठमाडौं २७ फागुन–नेपाल कम्युनिस्ट पार्टीले कञ्चनपुरमा भारतीय सीमा सुरक्षाबल एसएसबीले नेपाली नागरिकको हत्या गरेको बिरोधमा फागुन २८ गते शनिवार नेपाल बन्दको घोषणा गरेको छ ।
पार्टी प्रवक्ता खड्गबहादुर बिकले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी कञ्चनपुरमा गोली हान्ने एसएसबीलाई कारवाही गर्नुपर्ने बताएका छन् ।
उनले भारतीय दूतावासले घटनाको ढाकछोप गरेर नेपाली जनतालाई मुर्ख बनाउने काम गरेको बताए । ‘यो घटनालाई स्वीकारिएन भने भारतीय दूतावास लैनचौरमा बसोबास गर्ने नगर्ने बिषयमा नेपाली जनताले सोच्न बाध्य हुनेछन् ’उनले भने । सो पार्टीले हत्यको प्रतिवादका लागि १ बजे बिरोध प्रदर्शन गरिएको उनले बताए ।