०७ असार २०८३, आइतबार

गगन थापालाई भेट्दा देवी सार्की मख्ख

गगन थापालाई भेट्दा देवी सार्की मख्ख

काठमाडौँ -आफ्नो शैक्षिक भविष्यमा लगानी गर्ने गगन थापालाइ भेट्दा देवी सार्की मख्ख परेकी छिन् । मंगलबार पर्वतको सूर्य प्रकाश माविको कार्यक्रममा सहभागी हुन पर्वत पुगेका बेला गगन थापालाइ भेटेपछि देवी मख्ख भएकी हुन् ।

उनले आफूलाइ पढाउन सहयोग गर्ने थापासँग भीडलाइ छिचोल्दै फोटो समेत खिचाइन् । पर्वतको कुश्मा नगरपालिका -३ मा रहेको तालपोखरी प्रावि दुर्लुङमा कक्षा तीनमा पढिरहेकी देवी सार्कीको सम्पूर्ण पढाइ खर्च गगन थापाले स्पोन्सर गर्दै आएका छन् ।

कक्षा एकमा भर्ना भएको वर्षदेखि नै देवी सार्कीको सम्पूर्ण खर्च गगन थापाले व्यहोर्दै आएको छोरी पढाउ अभियानका अभियान्त प्रेम विकले बताए । 'बिहान र बेलुकाको खानामात्र बाबुआमाले खुवाउनु हुन्छ' बिकले भने, 'बाँकी सवै खर्च थापाले गर्दै आउनु भएको छ ।'

स्कूलमा लाग्ने सम्पूर्ण खर्च स्टेशनरी, ड्रेस, दशैंका लागि लुगा, आवश्यकता अनुसार जुत्ता, जाडोको लागि आवश्यक लुगा लगायतको सहयोग गर्दै गरेका छन् । यसले आर्थिक अभावमा स्कूल जान नसक्ने देवी सार्की जस्तालाइ ठूलो सहयोग पुगेको विकको भनाइ छ ।

देवी सार्कीलाइ थापाले +२ सम्म नै पढाउन स्पोन्सर गर्ने बताएका हुन् । दुर्गाका आमाबाबु स्थानीय स्तरमा नै मजदुरी गरेर जीवन निर्वाह गदै आएका छन् ।

कमेन्ट गर्नुहोस्