३१ जेठ २०८३, आइतबार

रुसीहरू समेत चढेको हेलिकप्टर टर्कीमा दुर्घटनाग्रस्त, पाँचको मृत्यु

कात्तिक २०, २०७४
रुसीहरू समेत चढेको हेलिकप्टर टर्कीमा दुर्घटनाग्रस्त, पाँचको मृत्यु
काठमाडौं, २७ फागुन — उच्च तहका व्यापारीहरू चढेको एक हेलिकप्टर शुक्रवार टर्कीको इस्तानबुलस्थित एक टावरमा ठोक्किँदा पाँचजनाको मृत्यु भएको छ ।


इस्तानबुलको बुयुक्चेकमेचेको आवासीय इलाकामा हेलिकप्टर झरेको थियो ।

सिकोर्स्की एस–७६ हेलिकप्टरमा चार रुसीका अलावा टर्कीका एक नागरिक र दुई पाइलट सवार थिए ।

हेलिकप्टर टिभी टावरमा ठोकिएर खसेको प्रत्यक्षदर्शी फिकरेत कारातेकिनले बताए ।

अतातुर्क विमानस्थलबाट उडेको केही बेरमै हेलिकप्टर दुर्घटनाग्रस्त भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्