
काठमाडौं– अभिनेत्री ऋचा घिमिरेले निर्माण गरेको चलचित्र ‘तुलसी’को गीत सार्वजनिक गरिएको छ ।
‘आजको रमाईलो बेला’बोलको गीत सार्वजनिक गरिएको हो । यो गीतको भिडियोमा नायक राजेश हमाल, भुवन केसी, शिव श्रेष्ठ, नायिका करिष्मा मानन्धर, मौसमी मल्ल, तृप्ति नाडकर लगायतको अभिनय छ ।
गोविन्द राईको नृत्य निर्देशन रहेको यस गीतमा साधना सरगम र कुमार कान्छाले स्वर दिएका छन् । शुरेश अधिकारीको शब्द रहेको गीतमा रञ्जित गजमेरले संगीत भरेका छन् ।
नायिका ऋचाले निर्माण गरेको ‘तुलसी’ लामो समयपछि प्रदर्शनमा आउन लागेको हो । चलचित्रलाई शंकर घिमिरेले निर्माण तथा निर्देशन गरेका हुन् । ‘तुलसी’लाई शिवम् अधिकारीले लेखेका हुन् । यसमा छायाँकन दीपक वज्राचार्यको रहेको छ ।
ऋचा घिमिरे, विमलेश अधिकारी, आयुष रिजाल, जय किसन बस्नेत, विष्णु सापकोटा, पुष्कर भट्ट, सुष्मा कार्की आदी चलचित्रमा मुख्य भुमिकामा छन् भने राजेश हमाल, भुवन केसी, शिव श्रेष्ठ, करिश्मा मानन्धर, मौसमी मल्ल र तृप्ती नाडकर अतिथि भूमिकामा देखिएका हुन् ।