
काठमाडौं- वरिष्ठ कलाकार बी.एस.राणाको निधन भएको छ । उनको ७७ वर्षको उमेरमा शुक्रबार बिहान शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको जनाईएको छ ।
स्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई गत हप्ता अस्पताल भर्ना गरिएको पारिवारिक स्रोतलाई उद्धित गर्दै कलाकार सरिता लामिछानेले लोकान्तरलाई जानकारी दिईन् ।
प्रख्यात अंग्रेजी नाटककार सेक्सपियरका नाटकमा अभिनय गरेका कारण उनि नेपाली सेक्सपियरको नामले समेत चिनिँदै आएका थिए । राणाले दर्जनौं नेपाली चलचित्रमा अभिनय गरेका छन् ।
वि.सं. २०४१ सालबाट नेपाली चलचित्रमा अभिनय थालेका उनले कोसेली, चिनो, दक्षिणा, दुई थोपा आँसु, नेपाली बाबु, करोडपति, अपराध, माया त माया हो, वसन्ती, देश, कसले र्चोयो मेरो मन, सेतो बाघ लगायतका चलचित्रमा अभिनय गरेका छन् ।