११ असार २०८३, बिहीबार

अमेरिकामा जाडोका कारण मर्नेको संख्या २१ पुग्यो

अमेरिकामा जाडोका कारण मर्नेको संख्या २१ पुग्यो

काठमाडौं — अमेरिकाको मध्यपश्चिम क्षेत्रमा उत्तरी ध्रुवको जस्तो तापक्रमका कारण कम्तीमा २१ जनाको मृत्यु भएको छ । बिहीवार तापक्रम माइनस ४९ डिग्री सेल्सियस पुगेको छ । 

अब बिस्तारै तापक्रम बढ्ने बताइएको भए पनि घरवारविहीन र वृद्ध व्यक्तिहरू लगायतका जोखिममा परेका समुदायलाई त्यसले खासै राहत दिएको छैन । घरबाहिर निस्केको केही मिनेटमै हिउँले जिउ खाने स्थिति कायम छ । 

विभिन्न राज्यका अधिकारीहरूले चिसो हावाका कारण धेरै मृत्यु भएको बताएका छन् । 

शिकागोको जोज एच स्ट्रोगर जुनियर अस्पतालका चिकित्सक स्टाथिस पूलाकिडासले यही हप्ता मात्र हिउँले जिउ खाएका २५ जना मानिस आएको बताए । तीमध्ये केही कठोर केसमा मानिसको हात र गोडाका औंला काट्नुपर्ने स्थिति छ । 

पोलर भोर्टेक्स नामक हावाको बहावका कारण कठोर जाडो भएको हो । उत्तरी ध्रुवबाट दक्षिणतर्फ चिसो हावा चलेको हो । 

जाडो छल्नका लागि घर र कार्यालयमा अत्यधिक मात्रामा ग्यास प्रयोग गरिएको आर्थिक आँकडा कम्पनी रेफिनिटिभले जनायो । बिजुली नजाओस् भन्नका लागि ऊर्जा बचाउन ग्राहकहरूलाई अपील गरिएको छ ।

हिउँ र बरफका कारण यात्रामा पनि कठिनाइ आएको छ । बिहीवार दुई घन्टाभित्र २६ वटा गाडीजुधाइका घटना भएका छन् । हवाईसेवाहरू रद्द गरिएका छन् । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्