०४ असार २०८३, बिहीबार

चर्काे शुल्कविरुद्ध गण्डकी मेडिकल कलेजका विद्यार्थी आन्दोलित

माघ १८, २०७५
चर्काे शुल्कविरुद्ध गण्डकी मेडिकल कलेजका विद्यार्थी आन्दोलित

पोखरा – गण्डकी मेडिकल कलेज प्रशासनले सरकारले तोकेकोभन्दा बढी शुल्क लिएको विरोधमा विद्यार्थी आन्दोलनमा उत्रिएका छन् ।

कलेज प्रशासनले विभिन्न बहानामा सरकारले तोकेकोभन्दा झण्डै १० लाख बढी शुल्क लिएको विद्यार्थीको आरोप छ ।

कलेजमा अध्ययनरत विद्यार्थी आन्दोलनमा उत्रिएका हुन् । बिहीवार लेखनाथ अर्घौंस्थित कलेजमा तालाबन्दी गरी विद्यार्थी आन्दोलनमा उत्रिएका हुन् ।

विद्यार्थीले सरकारले तोकेअनुसार शुल्क लिनुपर्ने मागसहित ४ सूत्रीय माग राखेका छन् । गत वर्ष पनि कलेज प्रशासनले सरकारले तोकेकोभन्दा १० लाख रुपैयाँ बढी शुल्क लिएको भन्दै विद्यार्थी र अभिभावक समेत आन्दोलित भएपछि कलेज प्रशासनले ३ बुँदे सहमति गरेर आन्दोलन मत्थर बनाएको थियो ।

तर १ वर्षपछि पनि पुनः विद्यार्थीहरू बढी शुल्क लिएको भन्दै आन्दोलन गर्न बाध्य भएका छन् । कलेज प्रशासनलाई विद्यार्थी र अभिभावकले तोकिएभन्दा बढी शुल्क नलिन बारम्बार आग्रह गर्दा समेत नमानेपछि बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको विद्यार्थी समिर शर्माले बताए ।

विद्यार्थीले पोखरामा जुलुस समेत प्रदर्शन गरेका छन् । कालो ब्यानर र प्लेकार्ड बोकेर विना शीर्षक असुलिएको विद्यार्थीको रकम फिर्ता गर्नुपर्ने माग गर्दै नयाँबजार क्षेत्रमा सडकमै उत्रिएर विरोध जुलुस निकालेका छन् ।

जुलुसमा करीब ५ सय विद्यार्थी सहभागी थिए । सहभागी विद्यार्थीले शिक्षा मन्त्रालय, स्वास्थ्य मन्त्रालय, जिल्ला प्रशासन कार्यालय कास्कीमा माग सुनुवाइका लागि पहल गरिदिन आग्रह गरेका छन् । कलेजले ४२ लाखभित्र एमबीबीएसको अध्यायन पूरा गराउनुपर्नेमा विभिन्न बहानामा बिल बिना १० लाखदेखि १५ लाख रुपैयाँसम्म बढी रकम लिइएको आरोप विद्यार्थीले लगाएका छन् ।

कलेजले वर्षौदेखि सरकारले तोकेविपरीत लाखौं रकम असुल गर्दै आएकोमा बारम्बार गैरकानूनी शुल्क नउठाउन आग्रह गर्दा समेत प्रशासनले कुनै वास्ता नगरेपछि कलेज प्रशासनका ताला लगाएर सडक आन्दोलनमा उत्रिनुपरेको आन्दोलनरत विद्यार्थी समिर शर्माले बताए ।

salt training

कमेन्ट गर्नुहोस्