०४ असार २०८३, बिहीबार

उच्च ओहोदाका व्यक्तिले प्रयोग गर्ने सवारी साधनसमेत निकुञ्जले जाँच गर्न थाल्यो

उच्च ओहोदाका व्यक्तिले प्रयोग गर्ने सवारी साधनसमेत निकुञ्जले जाँच गर्न थाल्यो

बाँके– बर्दिया राष्ट्रिय निकुञ्जभित्र मन्त्री, प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखलगायत ठूला उच्च ओहोदाका व्यक्तिले प्रयोग गर्ने सवारी साधनसमेत निकुञ्जले जाँच शुरु गरेको छ । 

 

बर्दिया निकुञ्जभित्र सवारी साधनको ठक्करबाट वन्यजन्तु मर्ने घटना बढेपछि नियन्त्रणका लागि प्रशासनले टाइमकार्ड लागू गरेको छ । 

 

निकुञ्जको प्रवेश बिन्दुमा दिइने कार्डमा उल्लेख समयभित्र अर्को सुरक्षा पोष्टमा पुग्नुपर्छ समयमा तलमाथि भए जरिवाना तिर्नुपर्छ । 

 

निकुञ्जक्षेत्र भित्र केही घटना भई हालेमा दोषी नउम्कियोस् र गति सीमित गराउन यस्तो नियम लागू गरिएको प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले 

बताए । 

salt training

कमेन्ट गर्नुहोस्