२४ जेठ २०८३, आइतबार

राष्ट्रपति भण्डारीले पढेको क्याम्पसमा पुगे बाबुराम, शिक्षक भन्दा विद्यार्थी बढी तेजिला

राष्ट्रपति भण्डारीले पढेको क्याम्पसमा पुगे बाबुराम, शिक्षक भन्दा विद्यार्थी बढी तेजिला

काठमाडौं–एक महिने जनसंवाद यात्रामा निस्किएका नयाँ शक्ति पार्टीका सयोजक एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रपति विद्यादेवी भण्डारीले अध्ययन गरेको भोजपुर बहुमुखी क्याम्पसमा विद्यार्थीसँग अन्तरक्रिया गरेका छन् । 

‘सम्माननीय राष्ट्रपतिले अध्ययन गर्नुभएको भोजपुर बहुमुखी क्याम्पस र मेरो पालामा स्थापना भएको सुम्निमा पोलिटेक्निक इन्सटीट्युटका शिक्षक र विद्यार्थीसंग यात्राको छैटौं दिन भोजपुरमा अत्यन्त सार्थक जनसम्बाद, शिक्षक भन्दा विद्यार्थी बढी तेजिलो देखेर थप खुशी लाग्यो ! सबैलाई धन्यवाद !’ भट्टराइले समाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् । 

ताप्लेजुङबाट शुरू भएको जनसंवाद यात्राको छैटौं दिन बाबुराम लगायतका नेताहरू भोजपुर पुगेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्