
ल्यापटपमा निकै महत्त्वपूर्ण काम गरिरहँदा वा फोनमा कुरा गर्दा धेरैले ब्याट्रीका कारण समस्या झेल्नुपरेको होला । एक समयपछि चाहे त्यो ल्यापटप होस् या फोन सबैको ब्याट्रीको क्षमतामा बिस्तारै ह्रास आउने गर्दछ । तर यदि तपाईं केही कुरामा ध्यान दिनुहुन्छ भने तपाईंको स्मार्टफोन र ल्यापटपको ब्याट्रीले एक वर्ष बढी काम गर्छ ।
१. ब्याट्रीलाई अत्यधिक तापक्रमबाट टाढा राख्नुहोस्
कुनै पनि डिभाइसको ब्याट्री लाइफ त्यसलाई प्रयोग गर्ने ठाउँको तापमानसँग गहिरो सम्बन्ध रहेको हुन्छ । यदि तपाईं आफ्नो ल्यापटप र मोबाइलको प्रयोग त्यस्तो ठाउँमा प्रयोग गर्नुहुन्छ जहाँको तापमान ३५ डिग्रीभन्दा बढी र जिरो डिग्रीभन्दा कम भएको अवस्थामा ब्याट्रीको क्षमता निकै चाँडै कम हुने गर्दछ ।
यसका लागि आफ्नो ल्यापटपलाई सकेसम्म तातो हुनबाट बचाउनुहोस् । यसका लागि सम्भव भएको खण्डमा कुलिङ प्याडमा ल्यापटपको प्रयोग गर्नुहोस् ।
२. फूल डिस्चार्ज
थुप्रै जानकारहरूका अनुसार ब्याट्री फूल डिस्चार्ज हुनुभन्दा अगाडि नै चार्ज गर्नुपर्ने हुन्छ । अर्थात् जब तपाईंको फोन ४० प्रतिशत चार्ज भएको छ भने चार्जर निकाल्नुहोस् र केही क्षण पछि त्यसलाई फेरि चार्ज गर्नुहोस् । यसले तपाईंको ब्याट्री लाइफलाई बढाउन मद्दत गर्दछ र चार्ज पनि धेरैबेरसम्म रहने गर्दछ । ब्याट्री ओभर चार्ज हुनबाट बचाउनुहोस् किनभने यसले ब्याट्रीमा भएको लिथियम प्लेट खराब हुने गर्दछ ।
३. तेज चार्जिङ गर्ने चार्जरको प्रयोग नगर्नुहोस्
ल्यापटप अथवा मोबाइल तेज चार्ज गर्नबाट बचाउनुहोस् । कुनै पनि डिभाइस चार्ज गर्नका लागि ओरिजिनल चार्जरको प्रयोग गर्नुहोस् । यसले तपाईंको ब्याट्री लाइफलाई सेफ राख्दछ ।
४. जहिले पनि केही प्रतिशत चार्ज राख्नुहोस्
यदि तपाईं १ वा २ हप्ताको लागि कतै बाहिर जाँदै हुनुहुन्छ भने कम्तिमा ५० प्रतिशतसम्म मोबाइल अथवा ल्यापटप चार्ज गरेर मात्र बन्द गर्नुहोस् ता कि जब तपाईं बाहिरबाट आउनुहुन्छ, त्यसमा ब्याट्रीको मात्रा रहिरहोस् । यसले ब्याट्रीको भित्र भएको चार्जिङ पार्टिकललाई एक्टिभ राख्ने गर्दछ ।
५. नक्कली चार्जरबाट बच्नुहोस्
फूटपाथमा पाइने चार्जरहरूबाट बच्नुहोस् । यस्ता नक्कली चार्जरले तपाईंको डिभाइस चार्ज नभएता पनि गलत चार्जिङ लाइट देखाउने गर्दछ ।