११ असार २०८३, बिहीबार

सडकबाट करीब १५० मिटर तल जिप खस्दा २ जनाको मृत्यु

सडकबाट करीब १५० मिटर तल जिप खस्दा २ जनाको मृत्यु

गुल्मी – गुल्मीको वामी मैदानमा जीप दुर्घटना हुँदा दुईको मृत्यु भएको छ । ग १ च ८३५७ नंको जीप मुसिकोट नगरपालिका–८ वामी मैदान चौपारीबाट करीब १५० मिटर तल खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा परी गाडी मालिक ३० वर्षीय ठाकुर सापकोटा तथा सोही नगरपालिका–८ निवासी ५५ वर्षीय पुतली सिङ ठकुरीको मृत्यु भएको छ । 

दुर्घटनामा मुसिकोट–८ कै ५५ वर्षीया हरिकला कार्की र बागलुङ दगातुम्डाँडा घर भई वामी मैदान दिदी भेट्न आएका १४ वर्षीय कमल कार्की घाइते भएको प्रहरीचौकी वामीका प्रमुख परमेश्वर चौधरीले जानकारी दिए ।

घाइते दुवै जनाको अवस्था गम्भीर रहेको र उपचारका लागि वामीटक्सार पठाइएको छ । जीप वामीटक्सार जाने क्रममा चौपारी भिरबाट तल खसेको हो । 

salt training

कमेन्ट गर्नुहोस्