२४ जेठ २०८३, आइतबार

चीन र भारतीय सीमाका २१ स्थानमा सशस्त्र प्रहरी राखिने

चीन र भारतीय सीमाका २१ स्थानमा सशस्त्र प्रहरी राखिने

पाँचथर – १ नम्बर प्रदेशको चीन र भारतसँग सीमा जोडिएका २१ स्थानमा सुरक्षाका लागि सशस्त्र प्रहरी राखिने भएको छ ।

प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्रबहादुर आङ्बोले पाँचथरको उत्तरपूर्वी क्षेत्र चिवाभञ्ज्याङको सीमा क्षेत्र अवलोकनका क्रममा सो कुरा बताएका हुन् ।

उनले सीमामा हुने आपराधिक गतिविधि र चोरी निकासी कम गर्न भारत र चीनसँग जोडिएका सीमामा सशस्त्र प्रहरी राख्न १७ करोड ५० लाख रुपैयाँ बजेट छुट्याइसकेको जानकारी दिए ।

भर्खरै बसेको प्रदेशको मन्त्रिपरिषद्को बैठकले सशस्त्र प्रहरी पोस्ट राख्न सम्बन्धित निकायलाई अख्तियारी समेत दिएको र यसबाट सीमा क्षेत्रका नागरिकको सुरक्षाका साथै वन्यजन्तु तथा जटिबुटी चोरी निकासी रोक्न सहयोग पुग्ने मन्त्री आङ्बोले बताए । 

सीमा क्षेत्रमा समस्या भए त्यसलाई राजनीतिक विषय बनाउन नहुने तर समस्या देखिए दुवै देशका प्रतिनिधि बसेर समस्या समाधान गरिने उनको भनाइ थियो ।

salt training

कमेन्ट गर्नुहोस्