१२ असार २०८३, शुक्रबार

बाक्लो दाल र तातो पानीका लागि मानिस गइरहेका छन् जेल !

बाक्लो दाल र तातो पानीका लागि मानिस गइरहेका छन् जेल !

काठमाडौं — जेल जान पाइन्छ भनेर मानिसहरू अपराध गरिरहेको सुन्दा तपाईंलाई आश्चर्य लाग्दो हो । तर यो सत्य कुरा हो । 

भारतको राजधानी नयाँ दिल्लीको उत्तरपूर्वी भागमा हालै बनेको मण्डोली जेल पुग्न अपराधीहरू लालायित रहन्छन् । मण्डोली जेल जानलाई उनीहरू ससाना चोरी गरिरहेका छन् ।

बेरोजगारहरूले यस्तो अपराध गरिरहेका हुन् । उनीहरू काम केही नगर्ने अनि लागूऔषध सेवन गर्ने गर्थे । त्यसले गर्दा उनीहरूको परिवारका मानिस पनि चिन्तित थिए । यस्तो अवस्थामा उनीहरूले मण्डोली जेल जाने विकल्प रोजे । 

अपराधीहरूले प्रहरीलाई बताएअनुसार, उनीहरूका साथी मण्डोली जेलबाट निस्केपछि जेलको खुबै तारिफ गर्थे । जेलभित्र सबै कुरा निःशुल्क छ । बाक्लो दाल, रोटी, फरक फरक प्रकारका तरकारी अनि हप्तामा एक दिन खीर खान दिइन्छ जेलमा । 

नुहाउनका लागि तातो पानी पनि दिइन्छ । आफूले जेलमा बसिरहनका लागि लामो समयसम्म जमानत टारेको एक अपराधीले बताए । 

प्रहरी सूत्रहरूले बताएअनुसार, केही अपराधीले पक्राउ परेपछि दिएको बयानले आश्चर्यचकित बनायो । ती अपराधीहरूले भने, ‘साहब, हामीहरूसँग पैसा पनि छैन अनि हातमुख जोर्न पनि सकिरहेका छैनौं । हामीले मण्डोली जेलको सुन्दरता र खानपिनका बारेमा सुनेपछि जेलभित्र जाने विचार लियौं । अब सीधै जेल जान पाइने हैन । त्यसैले सानातिना अपराध गरेर जेल गइरहेका छौं ।’

अपराधीहरूले बताएअनुसार, मण्डोली जेलको भित्री साजसज्जा पनि एकदमै सुन्दर छ । भित्र अनेक किसिमका सुन्दर चित्र छन् । जेल अधिकारीहरूले कुटपिट पनि गर्दैनन् । अनि जेलभित्र कुनै ग्याङस्टर वा धनी कैदीको हातगोडा मालिश गरेमा यसो चुरोट पिउन पनि पाइन्छ । 

जेलका एक वरिष्ठ अधिकारीले विशेषगरी जाडोमा मानिसहरू सानोतिना अपराध गरेर आउँछन् । जाडोमा जमानत पनि गराउँदैनन् । मौसम सुध्रिएपछि जमानतमा बाहिर निस्कन्छन् । 

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्