२९ जेठ २०८३, शुक्रबार

मक्का जाने हजयात्री दोब्बर बनाउने प्रयास छ : गृहमन्त्री थापा

मक्का जाने हजयात्री दोब्बर बनाउने प्रयास छ : गृहमन्त्री थापा

काठमाडौं – गृहमन्त्री रामबहादुर थापाले नेपालबाट हज गर्न मक्का जाने हजयात्रीको संख्या दोब्बर पार्ने सरकारको प्रयास जारी रहेको बताएका छन् ।

विगतमा १ हजार २०० यात्री हज गर्न मक्का गएको जानकारी दिँदै गृहमन्त्री थापाले कम्तीमा पनि १ हजार हजयात्री थप्ने प्रयासमा सरकार लागेको बताए ।

नयाँ हज कमिटी गठनपछि काठमाडौंको बबरमहलमा मंगलवार बसेको पहिलो बैठकमा गृहमन्त्री थापाले भने, ‘जो हज यात्रामा जान चाहन्छन्, उनीहरूलाई पठाएर विगतभन्दा दोब्बर पार्ने योजना सरकारको छ, साउदी अरेबियाका राजदूतसँग पनि सो विषयमा छलफल गरेको छु, उहाँबाट प्रतिबद्धतासमेत आएको छ ।’

गृहमन्त्री थापाले हजयात्रालाई व्यवस्थित गर्न ठोस योजनाका साथ अघि बढ्न नयाँ कमिटीलाई आग्रह गरे । ‘यसलाई सफल पार्न सरकारले आवश्यक सहयोग गर्छ, कुनै गुनासो र आरोप नआओस, हज यात्रामा बढी सुविधा र कम खर्च होस् भन्ने कुरामा ध्यान दिनुहोस्,’ हज कमिटीलाई गृहमन्त्रीले भने ।

कुनै पनि दुर्घटनातर्फ सजकता अपनाउन र सुरक्षामा ध्यान दिन उनले नयाँ समितिलाई आग्रह गरे । गृहमन्त्री थापाले राज्यका तर्फबाट आवश्यक सहयोग रहने प्रतिबद्धता जनाए । उनले भने, ‘नवगठित कमिटीले नमूनायोग्य काम गर्न जरुरी छ, ता कि भोलि आउने हज कमिटीका लागि पनि उदाहरणीय होस् ।’

विश्वमा इस्लाम, हिन्दू, इसाई र बौद्ध यी ४ धार्मिक समुदाय ठूलो रहेको र त्यसमध्यको मुसलमान समुदाय पनि महत्त्वपूर्ण भएको उल्लेख गर्दै उहाँले साउदी अरेबिया मानव सभ्यताको विकासको एउटा केन्द्र भएको समेत बताए ।

विश्वबाट मुसलमान समुदाय हजका लागि मक्का–मदिना जाने गरेको बताउँदै उनले नेपाल धर्मनिरपेक्ष मुलुक भएकाले सबै धर्मको सम्मान र आस्थाको संरक्षण र व्यवस्थापन गर्न राज्यले हज कमिटीको गठन गर्दै आएको जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्