
काठमाडौं, फागुन २८– एसएसबीले भारतीय भूमिबाट हानेको गोली लागेर नेपाली नागरिकको मृत्यु भएसँगै कञ्चनपुरको नेपाल–भारत सीमा क्षेत्र सुन्दरबजारमा तनाव कायम छ ।
तनावका कारण हुन सक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै स्थानीय प्रशासनले पुनर्वासस्थित आनन्द बजारलगायत आसपासका क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ ।
मृतक गोविन्द गौतमको शव पोष्टमार्टम गरेर शनिबार घर लगिने भएकाले कुनै अप्रिय घटना नहोस् भनि सो क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ ।