११ असार २०८३, बिहीबार

बाल यौन सुरक्षा पोर्टल

बाल यौन सुरक्षा पोर्टल

काठमाडौं– इन्टरनेटका बाल यौन दुर्व्यवहारजन्य सामग्री निरुत्साहित गर्ने उद्देश्यले ‘चाइल्ड सेफ्टी डट ओआरजी डट एनपी’ पोर्टल सुरु गरिएको छ । फोरम फर डिजिटल इक्वालिटी, इन्टरनेट सोसाइटी नेपाल र सेन्टर फर ल एन्ड टेक्नोलोजीको साझा अभियान अनलाइन चाइल्ड प्रोटेक्सन इनिसियटिभ र बेलायतस्थित इन्टरनेट वाच फाउन्डेसनको संयुक्त पहलमा बुधबार काठमाडौंमा उक्त पोर्टल लन्च गरिएको हो ।

इक्वालिटीका कार्यकारी निर्देशक बाबुराम अर्यालका अनुसार इन्टरनेटमा बालहिंसा वा यौन दुव्र्यवहारजन्य सामग्री फेला परेमा जो कसैले पोर्टलमा उजुरी गर्न सक्नेछन् । उजुरीलाई इन्टरनेट वाच फाउन्डेसनले विकास गरेको आईडब्लूएफ पोर्टलको टुल्समार्फत प्राविधिक विश्लेषण गरी प्रतिवेदन तयार गरिनेछ । 

प्रतिवेदनलाई नेपाल प्रहरीलगायत कानुन कार्यान्वयन निकायले थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि प्रयोग गर्न सक्नेछन्। आवश्यक देखिएमा सम्बन्धित सेवा प्रदायकको सहयोगमा उक्त सामग्री स्रोतबाटै हटाउन पहल गरिनेछ ।, कान्तिपुरमा खबर छ ।
 

salt training

कमेन्ट गर्नुहोस्