०६ असार २०८३, शनिबार

इराक र सिरियाबाट आईएस लगभग सकिएको ट्रम्पको भनाइ

इराक र सिरियाबाट आईएस लगभग सकिएको ट्रम्पको भनाइ

काठमाडौं — अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले सिरिया र इराकमा इस्लामिक स्टेट समूहले कब्जा गरेको भूमि अर्को हप्ताको शुरूआतसम्ममा शतप्रतिशत स्वतन्त्र बनाइने बताएका छन् । 

‘अर्को हप्ता कुनै समयमा हामीले खलिफाको शतप्रतिशत भागमा नियन्त्रण लिने घोषणा गर्नुपर्नेछ,’ आईएसविरुद्धको गठबन्धन साझेदारहरूको भेलालाई उनले बताए । 

तर आफू ‘आधिकारिक भनाइको प्रतीक्षामा रहेको’ समेत उनले चेतावनी दिए । 

अमेरिकाका सैन्य तथा जासूसी अधिकारीहरूले प्रतिआतंकवादी दबाब कायम नराखेमा आईएसले पुनरागमन गर्नसक्ने बताएका छन् । 

ट्रम्पले डिसेम्बर महिनामा आईएस समूह पराजित भएको घोषणा गर्दै गठबन्धन साझेदारहरूलाई स्तब्ध बनाएका थिए । उनले अमेरिकी सैनिकलाई ३० दिनभित्र देशबाट फिर्ता बोलाउने भनी रिपोर्ट सार्वजनिक भएको थियो । 

तर प्रमुख रक्षा अधिकारीहरूले धमाधम राजीनामा दिएपछि उनले फिर्ती प्रक्रियालाई सुस्त बनाएका थिए । उनकै दल रिपब्लिकन र विदेशी साझेदारले कडा आलोचना गरेपछि उनले यो प्रक्रिया सुस्ताएका हुन् । 

आईएसविरुद्धको विश्वव्यापी गठबन्धनमा लगभग ८० मुलुक रहेका छन् । आईएसले इराक र सिरियाका विभिन्न भूभागमा कब्जा जमाउँदै त्यस क्षेत्रबाहिर आतंकवादी आक्रमण चर्काएपछि यो समूह सन् २०१४ मा गठन गरिएको थियो । 

बीबीसीबाट

salt training

कमेन्ट गर्नुहोस्