०६ असार २०८३, शनिबार

ट्रम्पको भाषणका बेलामा सुत्ने बालक बने सामाजिक सञ्जालमा नायक

ट्रम्पको भाषणका बेलामा सुत्ने बालक बने सामाजिक सञ्जालमा नायक

काठमाडौं — अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले स्टेट अफ द युनियन भाषणमा ११ वर्षीय बालक जोशुआ ट्रम्पलाई निमन्त्रण गरेका थिए । 

तर कार्यक्रम चलिरहेको बेलामा उसले गरेको निर्दोष क्रियाकलापका कारण ऊ सामाजिक सञ्जालमा नायक बनेको छ भने मानिसहरूले राष्ट्रपति ट्रम्पको मजाक उडाइरहेका छन् । 

जोशुआ भाषण चलिरहँदा सुते र उनका तस्वीरहरू भाइरल भयो । ट्रम्प थर भएका कारण उनीसँगै पढ्ने बच्चाहरूले उनलाई हैरान गर्थे जसले गर्दा उनले स्कूल छोड्नुपरेको थियो । 

त्यसपछि मेलानियाले जोशुआलाई स्टेट अफ द युनियन कार्यक्रममा निमन्त्रण गरिन् । 

आफ्नो भाषणका क्रममा ट्रम्पले मेक्सिको सीमामा पर्खाल बनाउने वाचा दोहो–याउँदा जोशुआ सुतेका हुन् । 

जोशुआका मातापिताले ट्रम्प थर भएका कारण उसका साथीहरूले उसलाई इडियट र स्टुपिड भनेर बोलाउँथे । मातापिताले उनलाई स्कूलबाट निकाले । तर एक वर्षपछि उनी फर्किएपछि पनि विद्यार्थीहरूले चिढ्याइरहे । मेलानियाले उनको चित्त बुझाउन सम्बोधन कार्यक्रममा बोलाइन् । 

वार्षिक सम्बोधनमा राष्ट्रपति, प्रथम महिला र कांग्रेसका ५३५ सदस्यले कुनै पनि अतिथिलाई आमन्त्रित गर्न सक्छन् । यसक्रममा राष्ट्रपतिले आफ्ना उपलब्धि र आगामी लक्ष्यका बारेमा बताउँछन् ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्